साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरेका जनप्रतिनिधि, पत्रकार, समाजसेवी, सामुदायिक वनका पदाधिकारी तथा स्वारेन्टिनमा रहेकाको गरी ९५ जनाको कोरोना रिपोर्ट आएको छ । पीसीआर गरिएका सबैको रिपोर्ट नेटेटिभ आएको छ ।
कोभिड अस्पताल विराटनगरको ल्याबबाट आज विहान आएको रिपोर्टमा सवैजनाको कोरोनाको अवस्था नेगेटिभ देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी गराउनु भयो । मोरङ सहितका जिल्लामा कोरोना ह्वात्तै बढेकाले स्वाब परीक्षणको संख्या पनि बढेकाले साउन २५ गते पठाएको स्वाबको रिपोर्ट आउन केही ढिलो हुन गएको पनि उहाँले बताउनु भयो ।
गत साउन १७ गते सामुदायिक वन सम्वन्धीको एक कार्यक्रममा सहभागि मध्ये विराटनगरबाट आएका एक जना अधिकारीलाई कोरोना देखिएपछि सो कार्यक्रममा सहभागिहरुको कन्ट्रयाक ट्रेसिङका आधारमा नगरपालिकाले स्वाब संकलन गरी ल्याब पठाएको थियो ।
















