लागू औषधसहित ३ जना पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

लागू औषधसहित ३ जना पक्राउ

साइनो समाचारदाता
रौतहट । प्रतिबन्धित लागु औषधसहित तीन जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ । उनिहरुलाई लागु औषधसहित चन्द्रनिगाहपुरस्थित ईलाका प्रहरी कार्यालयको गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँ दुलेगौडा नगरपालिका– ४ निवासी २८ वर्षीय महम्मद मुर्तुजा, कास्की पोखरा महानगरपालिकाका– ३१ निबासी ३९ वर्षीय रामबहादुर रानाभाट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनौलका लालुदिन मिया (खान) लागुऔषसहित पक्राउ परेको डिएसपी हेमबहादुर शाहीले बताए ।

निषेधाज्ञा अवधिमा पोखराबाट ईटहरी जाँदै गरेको ग २ च ३९७५ नम्बरको कारमा कोकाकोलाको बोतलभित्र लागुऔषध लुकाएर लगिरहेको अवस्थामा चन्द्रनिगाहपुरमा गरिएको चेकजाँचको क्रममा उनीहरु पक्राउ परेको डिएसपी शाहीले जानकारी दिए । उनीहरुले प्रयोग गरेको कारबाट लागुऔषध ओनरेक्सको सिलबन्दी ४ थान बोतल समेत बरामद भएको छ भने नगद ५० हजार, भारतीय ५ सयको नोट ४५ हजार, अमेरिकन डलर एकको १६ थान र बिभिन्न कम्पनीको ४ थान मोवाईल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजना उपर लागुऔषध ऐनअनुसार मुद्धा प्रक्रियामा अनुसन्धान सुरु गरिएको डिएसपी शाहीले बताए ।

सम्बन्धित खवर