साइनो समाचारदाता
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २४ हजार ९५७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ८३७ पुगेको छ । डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। प्रवक्ता गौतमका अनुसार ७३ पुरुष र २२ महिला गरेर मृतकको संख्या ९५ पुगेको छ। मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् भने क्वारेन्टाइनमा ११ हजार ५८ रहेका छन्।
















