प्रहरी हिरासतमा एक जनाको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रहरी हिरासतमा एक जनाको मृत्यु

साइनो समाचारदाता । कैलालीको प्रहरी हिरासतमा रहेका एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीका अन्दाजी ४५ वर्षीय अमरबहादुर चन्दको प्रहरी चौकी फूलबारीको हिरासतमा मृत्यु भएको हो ।

उनी मदिरा सेवन गरी झैझगडा गरेको आरोपमा पक्राउ परेका थिए । घाँटी काटिएको अवस्थामा शौचालयमा चन्दको शव फेला परेको प्रहरीले जनाएको छ । ‘शौचालय जाँदाखेरी उनको मृत्यु भएको हो तर घाँटीमा काटिएको गहिरो घाउ छ,’ कैलालीका प्रहरी प्रमुख अनुपम शमसेर जबराले भने ।

आज बिहान फूलबारी ‘सी’ गाउँमा रक्सी खाएर घरघरमा बन्चरो हान्न थालेको भन्ने सूचनाका आधारमा चन्दलाई प्रहरीले पक्राउ गरेको थियो। शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ। घटनाबारे अनुन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक प्रतीक विष्टको नेतृत्वमा टोली खटिएको जबराले बताए ।

सम्बन्धित खवर