बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेका कोरोना संक्रमितको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेका कोरोना संक्रमितको मृत्यु

साइनो समाचारदाता
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् ५५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । मोरङ स्थायी घर भएका पुरूषको बुधबार राति १ बजेर २० मिनेट जाँदा मृत्यु भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।

‘रूघाखोकी, श्वासप्रश्वासमा समस्या भएको, ज्वरो आएको सिकिस्त बिरामी २६ गते भर्ना हुनुभएको थियो,’ प्रवक्ता सापकोटाले भने, ‘लक्षण बुझ्दा कोरोना शंका लागेपछि स्वाब लिएर छुट्टै उपचार गरेका थियौं।’ मृतकको शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले बताएको छ। योसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।उनका अनुसार अस्पतालमा १ सय १ जना बिरामी उपचाररत् छन्।

सम्बन्धित खवर