साइनो समाचारदाता
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ स्थित गछिया खोलाको किनारमा गोरु काटेर मासु भाग लगाउँदै गरेको अवस्थामा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षीय नवीन तोलाङ्गी, २७ वर्षीय प्रकाश पाँचकोटी, ५१ वर्षीय बलबहादुर सार्की र राजन तोलाङ्गी रहेका छन् ।
बुधबार विहान उनिहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनकाअनुसार पक्राउ परेकाहरुको साथबाट लगभग ३५ किलोग्राम गोरुको मासु बरामद भएको छ । प्रहरी चौकी गछियाको टोलीले पक्राउ गरेर हिरासतमा राखिएका उनीहरुविरुद्ध पशुपंक्षी सम्बन्धी कसूरमा कारबाही अघि बढाउन आवश्यक अनुसन्धान सुरु गरिएको ढकालले बताए ।
















