जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

साइनो समाचारदाता
पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा निस्दी–५ डब्बुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद थाल र वडा नं ४ काफलडाँडाकी बिष्णु माया सारूकी ३ महिनाको छोरी सिमोबन कालुङ रहेका छन् ।

निस्दी– ५ पटाकसरस्थित कच्ची सडक खण्डमा मोटेखर्कबाट पटाकसरतर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप सोमबार साँझ अनियन्त्रित भई बाटोबाट अन्दाजी ७०० मिटर तल खसेर भएको दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये निस्दी ५ पटाकसरकी ३७ वर्षीया सुमित्रा सारु र ३६ वर्षीया शेरमति सारूको अवस्था गम्भीर रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा निस्दी ३ की विष्णुमाया सारू, निस्दी ५ की लक्ष्मी सारू, सोही ठाउँकी तिल कुमारी सारू र निस्दी ४ झ्यालटुङकी श्रृजना गैरे घाइते घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ ।

सम्बन्धित खवर