साइनो समाचारदाता
जनकपुरधाम । सर्लाही प्रहरीले सोमबार राति लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको लालबन्दी नगरपालिका १० स्थित चन्द्रपुरबाट राति साढे १० बजेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नम्बर २ का ५० वर्षीय सुरेश पासवान र वडा नम्बर ८ का २८ वर्षीय रवीन्द्र लामा रहेका छन् । सेतो बोराभित्र रातो घर्के गम्छामा बाँधेर गाँजा बोकेर पैदल हिंडिरहेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।
















