साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरेस्थित क्वारेन्टिनमा रहेका एकजनामा कोरोना भाइरस देखा परेको छ । नगरको क्वारेन्टिनमा बसेकामध्ये भारतबाट आएका एकजना २६ वर्षीय पुरुषमा कोरोना देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताउनु भयो । उहाँको अवस्था सामान्य रहेको छ ।
गत शुक्रबार ६७ जनाको कोरोना पीसीआर परीक्षणका लागि प्रदेश १ को कोभिड प्रयोगशाला विराटनगरमा स्वाब पठाइएकोमध्ये उहाँमा संक्रमण देखा परेको हो । यसैबीच, कन्ट्रयाक ट्रेसिङका आधारमा हिजो पथरी शनिश्चरे नगरका जनप्रतिनिधि, पत्रकार, सामुदायिक वनका पदाधिकारी तथा समाजसेवीहरु ७५ जना तथा क्वारेन्टिनमा बसेका २० जना गरी ९५ जनाको कोरोना भाइरसको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
स्वाब प्रदेश १ को कोभिड प्रयोगशाला विराटनगर पठाइएको छ ।यसअघि नगरमा ५ जनामा कोरोना देखापरेपनि सवैजना निको भएर घर फर्किसकेका छन् ।सवैतिर कोरोनाको संक्रमण बढ्दो अवस्थामा रहेपछि नगरमा साउन २३ देखि ३२ गतेसम्म पुनः लकडाउन गरिएको छ ।
















