प्रेमप्रसाद भटराई (के.डी)
पथरी । केहीदिन अघि मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं २ मा रहेको हरियाली सामुदायीक बनमा बैज्ञानिक बन ब्यवस्थापन अनुगमन कार्यक्रममा आएका डिभिजन बन कार्यालय मोरङका प्रमुख बिशाल घिमिरेमा कोरोना संक्रमण देखिएको जानकारीपछि अहिले पथरीशनिश्चरेबासिमा त्रास फैलीएको छ ।
बनको कार्यक्रममा घिमिरेसँगै स्थानिय बनका पदाधिकारी, उपभोक्ता, सञ्चारकर्मि, जनप्रतिनिधी तथा राजनैतिक दलका केही स्थानिय नेताहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । १७ गते भएको उक्त कार्यक्रममा सहभागी घिमिरेले आफ्नो समाजिक सञ्जालमा २१ गते कोरोना पुष्टि भएको जानकारी गराउँदै आफ्नो सम्पर्कमा रहेका सबैलाई सचेत रहेर परिक्षण गराउन तथा सावधानि अपनाउन जानकारी गराएका छन् । तर उनिसँगको सम्पर्कमा देखिएका पथरीका केही ब्यक्तिहरु खुलेआम हिँडिरहेका कारण नगरबासिमा थप त्रास फैलिएको छ ।
गत जेठ २७ गते आफन्त लिनका लागि काकडभिटटा पुगेर आएका पथरीशनिश्चरेका व्यवसायी प्रदिप पराजुलिलाई १४ दिन क्वारेन्टाइनमा राखिएको थियो । तर अहिले संक्रमितसँगैको सम्पर्कमा रहेका नगरका राजनैतिक दलका नेता तथा ठुलाबडा भनेर गनिनेहरुलाई नगरले क्वारेन्टाइनमा नराख्दा थप जोखिमको त्रास रहेको यहाँका स्थानियहरु बताउँछन् । यो विषयमा नगरपालिकाका प्रबक्ता याम गुरागाईसँग बुझ्दा डिभिजन बन कार्यालयका प्रमुख बिशाल घिमिरेसँगको सम्पर्कमा रहेका ब्यक्तिहरुको खोजी तथा सम्पर्क गरिरहेको र उनिहरुलाई पनि नगरसँग छलफल गरेर वारेन्टाइन तथा होम क्वारेन्टाइनमा राखिने जानकारी दिए ।
















