विद्युतीय धरापमा परेर बालकको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

विद्युतीय धरापमा परेर बालकको मृत्यु

साइनो समाचारदाता
जनकपुरधाम । जंगली जनावर कुखुरा फार्ममा नपसून् भनेर थापेको विद्युतीय धरापमा परेर महोत्तरीमा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका ५ पोखरभिण्डाका १३ वर्षीय बालक नितेश यादव रहेका छन् ।

आफ्नो कुखुरा फार्ममा जंगली जनावर नपसून् भन्ने हेतुले स्थानीय कपीलदेव यादवले थापेको विद्युतीय धरापमा परेर उनको छोरा नितेशको मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए । करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि जनकपुरतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको बिष्टले बताए ।

मृतकको शवलाई घरमा ल्याएर राखेको सूचना प्राप्त भएपछि पुगेको प्रहरी टोलीले शवलाई जिल्ला अस्पतालमा पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाएको र यसबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर