विप्लवका रुकुम पश्चिम सेक्रेटरी पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

विप्लवका रुकुम पश्चिम सेक्रेटरी पक्राउ

साइनो समाचारदाता
सुर्खेत । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रुकुम पश्चिम जिल्ला सेक्रेटरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्ला सेक्रेटरी हिरामणि रावलसहित ४ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई आठबीसकोट नगरपालिका–९, राडीबजारको एक होटलमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सेक्रेटरी रावलसहित अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा, पार्टीको जिल्ला सदस्य घमण्ड महर र पार्टीको जिम्मेवारी नखुलेका तुल बहादुर घर्ती छन् । बुधबार राति १० बजे उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । लुकिछिपी कार्यक्रम गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरु पक्राउ परेको एसएसपी बास्तोलाले बताए ।

सम्बन्धित खवर