धरानमा कोरोना संक्रमितको सख्या ४१ पुग्यो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

धरानमा कोरोना संक्रमितको सख्या ४१ पुग्यो

साइनो समाचारदाता
धरान । कोरोना भाइरसको संक्रमण समुदायमा पनि देखा पर्न थालेको छ । पछिल्लो दुई दिनमा मात्रै धरानमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै धरानमा कोरोना संक्रमितको सख्या ४१ पुगेको छ । धरान उपमहानगरपालिकाले गरेको थ्रोव स्वाव टेष्टमा साउन १९ गते १२ जना र साउन २० गते दुई दिनको अवधिमा १३ जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो दुई दिनको अवधिमा १३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये धरान १७ बाट २ जना, धरान ११ बाट २ जना, धरान १५ बाट १ जना, धरान २ बाट १ जना, धरान ३ बाट एकै परिवारका ५ जना र भर्खरैमात्र धरान २ मा बस्दै आएका सब्जी व्यापारीलाई समेत कोराना संक्रमण देखिएको छ । संक्रमण देखिएकाहरु ७ बर्षका बालकदेखि ८५ बर्ष समुहका भएको नगरपालिकाको स्वास्थ्य महाशखाको रेकर्डमा पाइएको छ ।

हालसम्म ४१ जनामा संक्रमण देखिएकोले कोरोनाको जोखिम बढ्दै गएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा विभागका प्रमुख उमेश मेहताले बताए ।उनले कोरोनाको जोखिमलाई मध्यनजर गरी जोखिम बढ्न सक्ने स्थानको पहिचान गरी टेष्ट धमाधम गरिरहेको र हालसम्म ४ सय भन्दा बढीको टेष्ट गरिसकेको बताए ।

उनले साउन १९ गते लिएको ९२ जनाको पिसिआर रिपोर्ट अनुसार ८० जनाको नेगेटिभ रिपोर्ट आएको र १२ जनाको रिपोर्ट पोजेटिभ आएको बताउदै बुधबार समुदायस्तरमा पिसिआर परीक्षण गर्ने क्रममा १३० जनाको परीक्षणमा १ जनाको पोजेटिभ रिर्पोट आएको मेहताले जानकारी दिए । कोरोनाको संक्रमणलाई मध्यनजर गरी प्रशासन तथा स्थानीय तहले लकडाउन गरेको बताउदै समुदायमै कोरोना देखिन थालेकोले सचेत भएर घरमै बस्न महाशाखा प्रमुख मेहताले सबैलाई आग्रह समेत गरे ।

कोरोना संक्रमण समुदाय स्तरमै देखिन थालेपछि स्थानीय सरकारहरुले सुनसरीका सबै स्थानीय तहहरुमा लकडाउन गरेको छ ।लकडाउनसंगै आजमात्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकसंग समन्वय गरेर १ सय ५० जनाको स्वाभ लिने तयारीमा धरान उपमहानगरपालिका जुटेको छ ।

सम्बन्धित खवर