कोरोना संक्रमित दुई मृतकको कानेपोखरीको वन क्षेत्रमा अन्त्येष्टि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कोरोना संक्रमित दुई मृतकको कानेपोखरीको वन क्षेत्रमा अन्त्येष्टि

साइनो समाचारदाता
विराटनगर । कोरोना संक्रमणका कारण मृत्यु भएका विराटनगरका दुई जनाको नेपाली सेनाको टोलीले कानेपोखरीस्थित वन क्षेत्रमा बुधबार राति अन्त्येष्टि गरेको छ । विराटनगर महानगरपालिका–९ का र रंगेली नगरपालिका –८ का ४५ वर्षीय पुरुषको बुधबार कोशी अस्पतालमा मृत्यु भएको थियो । उनीहरुमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालले जिम्मा लगाएपछि नेपाली सेनाको टोलीले शव वन क्षेत्रमा लगेर व्यवस्थापन गरेको हो । कोरोनाका कारण मृत्यु भएकाले परिवारका सदस्यलाई शव नदिई नेपाली सेनाको शव व्यवस्थापन टोलीलाई शव बुझाइएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । उपचारका लागि अस्पताल लगिएका विराटनगरका पुरुषको बुधबार दिउँसो १ः१० बजे र रंगेलीका पुरुषको बिहान १०ः३० बजे मृत्यु भएको थियो ।

सम्बन्धित खवर