कोरोनाको आशंका गरिएका पुरुषको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कोरोनाको आशंका गरिएका पुरुषको मृत्यु

साइनो समाचारदाता
विराटनगर । विराटनगरमा कोरोनाको आशंका गरिएका एक पुरुषको मृत्यु भएको छ । कोशी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय रञ्जीतकुमार साहको बुधबार दिउँसो मृत्यु भएको हो । कोरोना भाइरस संक्रमणको आशंकामा उपचार प्रक्रिया अघि बढाइएका साहको दिउँसो १ः१० बजेतिर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए ।

उनकाअनुसार ज्वरोका साथै जण्डिसको समस्या देखिएपछि साहलाई कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएको थियो । उनलाई परिवारका सदस्यले मंगलबार राति १०ः३० बजेतिर अस्पताल ल्याएका थिए । उनको मृत्यु भएपछि अस्पतालको अवस्था केहीबेर तनावपूर्ण बन्यो । चिकित्सकको लापरबाहीले साहको मृत्यु भएको भन्दै अस्पताल परिषरमा परिवारका सदस्य र आफन्तले नाराबाजी गर्दै प्रदर्शन गर्न थालेका थिए । प्रहरी परिचालन गरेर भीडभाड हटाउँदै स्थितिलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

मृत्यु हुनु अघि नै पीसीआर परीक्षणका लागि साहको स्वाब भने अस्पतालले संकलन गरेर प्रयोगशालामा पठाएको थियो ।तर रिपोर्ट नआइकन बिरामीको मृत्यु भएकाले मृतकमा कोराना संक्रमण भए÷नभएको पुष्टि हुन बाँकी रहेको डा. दासले बताए । रिपोर्ट आइसकेपछि शव व्यवस्थापनको प्रक्रिया अघि बढाइने भएका छ । डा. दासले कोरोना रिपोर्ट नेगेटिभ आए शव परिवारका सदस्यलाई जिम्मा लगाइने र पोजेटिभ आए प्रक्रिया पूरा गरेर ‘डिस्पोज’ गर्न नेपाली सेनाको शव व्यवस्थापन टोलीलाई बुझाइने जानकारी दिए ।

सम्बन्धित खवर