विराटनगरमा थप ३ जनामा कोरोना पुष्टि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

विराटनगरमा थप ३ जनामा कोरोना पुष्टि

साइनो समाचारदाता
विराटनगर । विराटनगरमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगर ५ चाँदनी चोक क्षेत्रका तीन जनामा बुधवार कोरोना सङ्क्रमण पुष्टि भएको वडाध्यक्ष मीनकुमार आचार्यले बताएका छन् ।

गुद्री बजारमा तरकारी पसल सञ्चालन गर्दै आएका दुई बाबुछोरामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू घरबाट पसल जाने र घर फर्किने बाहेक अन्यत्रको यात्रा नगरेकोले पसलमै कसैबाट सङ्क्रमण भएको आशंका गरिएको छ ।

यसै गरी अर्का सङ्क्रमित विराट नर्सिङ होममा कार्यरत कर्मचारीको आमा भएको बताइएको छ । उनलाई छोराबाट सङ्क्रमण भएको हुनसक्ने भन्दै थप कन्ट्रयाक्ट ट्रेसिङको काम सुरु गर्ने तयारी भइरहेको वडाध्यक्ष आचार्यले बताए । विराटनगर महानगरपालिका ५ मा यस अघि ९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । बुधवार तीन जना थपिएपछि वडामा सङ्क्रमितको सङ्ख्या १२ जना पुगेको छ ।

सम्बन्धित खवर