साइनो समाचारदाता
धरान । धरान उपमहानगरपालिकामा पनि एक हप्ता लामो पुर्ण लकडाउनको घोषणा गरिएको छ । समुदाय स्तरमै कोरोना फैलिएको भन्दै आज राति १२ बजे देखि लागु हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरिएको हो । नगर कार्यपालिकाको बैठकले राति १२ बजे देखि साउन २९ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ ।
अत्यावश्यक र औषधी पसल बाहेक सबै बन्द गर्ने निर्णय भएको बताइएको छ । यस अघि विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म लकडाउन हुने गरेको थियो । अहिले सम्म धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । २८ जना मध्ये ९ जना समुदायका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ ।
















