प्रेमप्रसाद भट्राई (के.डी)
पथरी । पथरीशनिश्चरे वडा नं ९ मा विभिन्न पार्टी परित्याग गरि ४१ जना कार्यकर्ता नेपाली काङग्रेसमा प्रवेश गरेका छन् । पुलचोकमा भएको नेपाली काङग्रेसको टोल समिति गठनका क्रममा नेकपा लगायतका पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेमा अधिकांश युवाहरु रहेका छन् । देशमा अव युवाहरुको नेतृत्व आवश्यक रहेको र युवाहरुलाई समेटेर संगै लैजाने पार्टी काङग्रेस मात्र रहेको नवप्रवेशिहरुको भनाइ रहेको थियो । जनताले नेकपालाई २ तिहाइ मत दिएर देशको चावि सुम्पँदा पनि बनाउनुको सट्टा झन झन विगारेको भन्दै अव देशलाई काङग्रेसको नेतृत्व आवश्यक रहेको र उक्त आवश्यकतालाई पुरा गर्न सम्पूर्ण नेपाली लाग्नुपर्ने नवप्रवेशीहश्रले बताएका थिए ।

पार्टीमा प्रवेश गर्नेहरुमा भिम राई,अजय राइ लगायतका ४१ जना रहेका छन् । उनिहरुलाई नेपाली काङग्रेस नेता पर्शु कार्कि, रमा दाहाल, तरुण दल नगरसभापति सन्तोष कट्वाल, तरुण दल युवा नेता तथा युवा नेतृत्व भुपेन रणपहेली लगायतका नेताले अविर लगाई पार्टी प्रवेश गराएका थिए । पथरी शनिश्चरे स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्र हो । उनी चुनावको बेलाका बाचा पुरा गर्नुको सट्टा विभिन्न काण्डमा विवादीत बन्दै गएपछि यस क्षेत्रका मतदाता उनिप्रति रुष्ट बन्दै गएका छन् ।
















