साइनो समाचारदाता
विराटचोक । मोरङको सुन्दरहरैचा नगरपालिकामा पनि बिहीबारदेखि लकडाउन हुने भएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले ९ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
साउन २२ गते बिहीबारदेखि लागू हुने गरी होटल, ब्युटीपार्लर, सैलुन, फुटसल, जिमखाना, हटिया, बजार, सार्वजनिक यातायात बन्द हुने भएका हुन् । त्यस्तै, नगरपालिका कार्यालय र वडा कार्यालयबाट हुने सेवाहरू बन्द गर्ने निर्णय गरेको र अत्यावश्यक काम हुनेले मास्क लगाएर मात्र हिँड्न पाइने निर्णय गरेको छ ।
















