रंगेली नगरपालिकाका चारवटा वडा सिल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

रंगेली नगरपालिकाका चारवटा वडा सिल

साइनो समाचारदाता
विराटनगर । एकै दिन २२ जानामा कोरोना संक्रमण देखिएपछि मोरङको रंगेली नगरपालिकाका चारवटा वडा मंगलबार बिहानैबाट सिल गरिएको छ । मोरङको पुरानो सदरमुकाम रंगेलीका ४, ५, ६ र ७ नम्बर वडा सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले बताए । उनकाअनुसार संक्रमित भेटिएका र उनीहरुले हिँडडुल, भेटघाट एवं जमघट गरेका सबै वडा तीन दिनका लागि सिल गरिएको छ ।

नगरपालिकाले बजार क्षेत्र, बजारको पूर्व मधुवनी चौकदेखि सुनवर्षी नगरपालिका पश्चिम, चिसाङ खोला, उत्तरमा निचामारी बक्राह खोला पुल र दक्षिणमा भन्सार गेट क्षेत्रलाई लक्षित गरेर चारवटै वडा सिल गरेको हो । सोमबार नगरमा २२ जनालाई एकै पटक कोरोना देखिएको थियो । ती मध्ये १४ जना एउटै परिवारको रहेको बताइएको छ । १४ जना एक जना वृद्धको मृत्यु भएको खवर सुनेर भेलाजम्मा भएका थिए । ७३ वर्षीय ती वृद्धको विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको थियो । उनको ब्रेनह्याम्रेजका कारण मृत्यु भएको जनाइएको थियो ।

तर उनको मृत्युपछि भेला जम्मा भएर दाहसंस्कारदेखि लिएर काजकिरियाका अन्य प्रक्रियामा पनि सहभागी भएका एउटै परिवारका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अधिकृत सुवेदीको भनाइ छ । उनीहरुको ‘ट्राभल हिस्ट्री’ भेटिएको छैन । अहिले मृतकको घर पुग्ने तथा उनीहरुका परिवारका अन्य सदस्यहरुको पहिचान गर्दै पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने काम भइरहेको जानकारी सुवेदीले दिए ।

रंगेलीमा सोमबार भेटिएका २२ जना संक्रमित मध्ये पाँचजना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी र तीनजना रंगेली अस्पतालका कर्मचारी छन् । अस्पतालका कर्मचारीमा संक्रमण पुष्टि भएपछि मंगलबारबाट रंगेली अस्पतालको आकस्मिक बाहेकका सबै सेवाहरु अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको छ ।

सम्बन्धित खवर