गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि

साइनो समाचारदाता
पोखरा । सोमबार गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ५ जना, स्याङ्जामा ४, लमजुङ, पर्वत र बागलुङमा १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीको पोखरा महानगरपालिकामा ३६, ३९, २९ र २३ वर्षका र मादी गाउँपालिकामा २८ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्जा पुतलीबजार नगरपालिकाका ३६ वर्षीया एक महिला, ३० र ३६ वर्षीय पुरुषमा र हरिनास गाउँपालिकाका १ जना २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । स्याङ्जाका संक्रमितमध्ये ३ जना ट्राभल हिस्ट्री नभएका छन् । त्यसमध्ये एक जना स्वास्थ्य संस्थाका कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

लमजुङको दुधपोखरी गाउँपालिकामा २९ वर्षीय, पर्वतको कुश्मा नगरपालिकाका ३० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या १ हजार ५ सय ३५ पुगेको छ । त्यसमध्ये १ हजार ३ सय ४८ जना निको भएर घर फर्केका छन् ।

सम्बन्धित खवर