साइनो समाचारदाता
विराटनगर । कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचाररतः एकजना संक्रमितको मृत्यु भएको छ । विराटनगर–५ निवासी ७७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार कोभिड–१९ उपचार केन्द्रमा उपचारतः उनको सोमबार मृत्यु भएको हो । उनको विस्तृत विवरण भने खुलिसकेको छैन ।
















