वडाध्यक्षको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

वडाध्यक्षको मृत्यु

साइनो समाचारदाता
रौतहट । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ जटहराका वडाध्यक्षको मृत्यु भएको छ । वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको आइतबार राति मृत्यु भएको हो ।

दुई सातादेखि ज्वरो आउनुका साथै रुघा र खोकी लागेर बिरामी भएका ठाकुरलाई उपचारका लागि आइतबार राति गौरस्थित एक निजी क्लिनिकमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला जनस्वास्थय कार्यालयका प्रमुख महेश साहले बताए । जनस्वास्थ्य प्रमुख साहका अनुसार गए राति उनलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि गौर लगिएको थियो ।

रौतहटको पश्चिमी किनारामा रहेको इशनाथ नगरपालिका सबै भन्दा बढी कोरोना संक्रमित भेटिएको स्थानीय तह पनि हो । तीन दिनअघि कोरोना संक्रमणको आशंकामा उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । पीसीआर परीक्षणका लागि स्वाब संकलन पश्चात सोमबार नै उनको अन्त्येष्टि गरिएको साहले बताए । साहका अनुसार मृतक ठाकुरको परिवारजन तथा उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङका आधारमा मंगलबार स्वाब संकलन गर्ने तयारी भइरहेको छ ।

सम्बन्धित खवर