साइनो समाचारदाता
इटहरी । इटहरी उपमहानगरपालिकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरी उपमहानगरपालिकाका एक सवारी चालक सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार आएको रिर्पाेट अनुसार १ जना नगरपालिका भित्रका सवारी चालक, १ जना इटहरी प्रहरी कार्यालय भित्रका र १ जना भारत बाट आएर होम क्वारेन्टिनमा बसेका व्याक्तिमा संक्रमण देखिएको बताइएको छ ।
इटहरी उपमहानगरपालिको इन्जिनियरमा कोरोना पोजेटिभ देखीए पछि इटहरीमा विभिन्न २७२ जनाको स्वाव संकलन गरिएको थियो । संकलन गरिएको स्वाव वि.पि. प्रतिस्ठान धरान, प्रदेश प्रयोगशाला विराटनगर र कोशी अस्पताल विराटनगर पठाइएको थियो । प्रयोगशालाबाट अहिले सम्म प्राप्त रिर्पाेटमा ४ जनामा संक्रमण देखिएको छ । एक जनामा भने हिजो पोजेटिभ देखिएको हो । साथै अझै केहि स्वावको रिर्पाेट आउन बाँकि रहेको छ ।
















