उदयपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

उदयपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

साइनो समाचारदाता । उदयपुरको बेलका नगरपालिकामा भ्रष्टाचार भएको भन्दै छानबिनको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका गरी १० जना भन्दा धेरै घाइते भएका छन् । नगरपालिकामा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आइतबार नगरपालिकाको कार्यालय रहेको रामपुरमा नेपाली कांग्रेस, जनता समाजवादी र राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीलाई नगरपालिकातर्फ जान रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नवीनकुमार सिंहका अनुसार प्रहरी जवान राजकुमार बुढाथोकी घाइते भएका हुन् । १० जना भन्दा धेरै प्रदर्शनकारी घाइते भएका छन् । इलाका स्वास्थ्य चौकी रामपुरमा घाइतेहरुको उपचार भइरहेको छ । केही दिनअघि नगरपालिकाकी उपमेयर राजुकमारी चौधरीले नगरप्रमुख दुर्गाकुमार थापाकै मिलेमतोमा भ्रष्टाचार भएको भन्दै राजीनामा घोषणा गरेकी थिइन् ।

पछि नेकपाका बैठकले राजीनामा फिर्ता लिन निर्देशन दिएपछि उपमेयरले आफूबाट गल्ती भएको भन्दै आत्मालोचना गरेकी थिइन् । तर नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतले भ्रष्टाचार छानबिनको माग राख्दै आन्दोलन गर्दै आएका छन् । विपक्षी दल सडकमा आएपछि नेकपाले पनि मेयरको पक्षमा कार्यकर्ता सडकमा उतारेको छ । दुबै पक्ष प्रदर्शनमा उत्रिएकाले झडप हुने सम्भावना रहेको भन्दै जिल्ला सदरमुकाम गाईघाटबाट ठूलो संख्यामा प्रहरी रामपुर आएका छन् ।

सम्बन्धित खवर