९ महिनाअघि कारागारबाट फरार रहेका कैदी पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

९ महिनाअघि कारागारबाट फरार रहेका कैदी पक्राउ

साइनो समाचारदाता
हेटौंडा । ९ महिनाअघि भीमफेदी कारागारबाट फरार रहेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । ०७६ कात्तिक ३० गते कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पूर्वी नवलपरासीको रजहर पुल नजिकैबाट पक्राउ गरेको हो ।

चितवनका रोजिन गुरुङको हत्यामा संलग्न रहेको ठहर गर्दै ०७१ सालमा जन्मकैद सजाय तोकिएका सुनसरीका कुलदीपराज धामीलाई पक्राउ गरेको हो । कञ्चनपुरबाट चितवनतर्फ आउँदै गर्दा रजहरबाट उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताए ।

पक्राउ परेका धामीलाई सजाय भुक्तानको लागि भीमफेदी कारागार पठाइने उनले बताए । कैदजीवन बाँकी नै रहँदा फरार भएका उलले पक्राउ परेपछि बाँकी कैदको डेढ गुणा बढी सजाय भोग्नुपर्ने प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । झण्डै ९ महिनापछि पक्राउ परेका धामीलाई पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको थियो ।

सम्बन्धित खवर