साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेकी तुलशा विश्वकर्माले ७२ वर्षको उमेरमा पनि नागरिक्ता पाउन सकेकी छैनन् । २०३६ साल देखि पथरीशनिश्चरे वडा नं ३ मा बस्दै आएकी विश्वकर्माले ३ ओटा चुनावमा भोट हालिसक्दा पनि नागरिक्ता भने अझै पाउन सकेकी छैनन् ।पथरीशनिश्चरे वडा नं. ३ मा बस्दै आएकी तुलसा विश्वकर्माको जन्म दर्ता नभएका कारण वडाले सिफारीस गरेको छैन ।
२००५ सालमा ताप्लेजुङमा जन्मिएकी तुलशाले नागरिक्ताका लागि ४ पटक वडा धाई सकेकी छन । वडाध्यक्ष डम्बर बहादुर चेम्जोङले सिफारिस नदिएपछि पटक पटक विश्वकर्मा निरास हुदै घर फर्किन बाध्य भएको मेलमिलाप समितिकी सदस्य रुकमीणा अधिकारी बताउछिन । आफ्नो नागरिक्ताबाट छोरा छोरीको नागरिक्ता बन्यो श्रीमतीको बनाउन खोज्दा जन्म दर्ता चाहियो भन्दै वडाध्यक्षले दुख दिएको श्रीमान गोपाल बराईली बताउछन ।
२०७४ पुस ७ गते चेम्जोङले नै पारिवारीक विवरण प्रमाण पत्र सिफारीस गरेका थिए । नागरिकता नभएपछि तुलशाले सामाजिक सुरक्षा भक्ता देखि लिएर राज्यको सबै सुविधाबाट बञ्चित हुनुपरेको छ । २०३६ सालमा उर्लाबारी राजघाटबाट बसाँई सरी पथरीमा आएको प्रमाणपत्र २०५८ सालमा लिएका छन् । यसअघिका ३ वटा निर्वाचनमा समेत मतदान गरेकी तुलशाको निर्वाचन आयोगले दिएको मतदाता परिचय पत्र, पारिवारिक प्रमाण पत्र छ ।वडामा सिफारीस लिन आउदा सबै कागज पत्र हुदा पनि जन्म दर्ता ल्याउन भन्दै ५ पटक फर्काएको तुलसाकी बुहारी मैया बराईली बताउछिन ।
नगर उपप्रमुखको सल्लाह अनुसार नागरिकता पाउनका लागि तुलशाले माइतपटीको भाउजुको नागरिकता, निर्वाचन आयोगको मतदाता परिचय पत्र, श्रीमानको नागरिकता, बसाइसराई, पारिवारिक विवरण लगाएतका आवश्यक सबै कागज पत्र सहित सर्जमिनका लागि टोलका ५ जना छिमेकी समेत ल्याएकी थिइन् । आएका तुलशाको परिवारलाई आफुले राम्ररी चिन्नेको बताए पनि जन्म प्रमाणितको पत्र नल्याए सम्म सिफारिस नदिने वडाध्यक्ष चोम्जोङको अडान छ ।
















