साइनो समाचारदाता
काठमाडौँ । धनुषामा कोरोना जितेर पनि समाज र परिवारको घृणा सहन नसकेर एक युवकले आत्महत्या गरेका छन् । शुक्रबार विहारी नगरपालिका २ का ३५ वर्षीय विशेश्वर यादवले घर नजिकैको विद्यालयमा बनाएको क्वारेन्टाइनको पछाडि आँपको रूखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
स्थानीय एक युवाका अनुसार घरमा बस्न नदिएको र समाजले घृणा गरेपछि उनि आत्महत्या गर्न बाध्य भएका हुन् ।
















