रौतहटमा कोरोनालाई जित्नेहरुको संख्या १ हजार ३ सय २२ पुग्यो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

रौतहटमा कोरोनालाई जित्नेहरुको संख्या १ हजार ३ सय २२ पुग्यो

साइनो समाचारदाता
रौतहट । रौतहटमा कोरोनाबाट निको हुनेहरुको संख्या १ हजार ३ सय २२ पुगेको छ । जेठको पहिलो सातासम्म जिल्लाका आइसोलेसनहरुमा १ हजार ३ सय २८ संक्रमित थिए । हाल ६ जना मात्रै उपचार गराइरहेका छन् । अहिले उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

संक्रमितको संख्या एकै पटक बढेपछि आइसोलेसनको अभावका कारण राजपुर र ईशनाथ नगरपालिकाले संक्रमितहरुलाई क्‍वारेन्टाइनमै राखेका थिए । अहिले बिरामीहरु धमाधम कोरोना जितेर घर फर्किसकेको प्रमुख जिल्ला अधिकारी बसुदेव घिमिरेले सुनाए । ‘अहिले नै ढुक्क हुने अवस्था छैन,’ उनले भने, ‘अहिले ६ जना मात्र संक्रमति रहे पनि समुदायमा फैलियो भने संख्या बढ्न सक्छ । त्यसैले सबै सजग हुनु जरुरी छ ।’

उनले ‘हटस्पट’ को रुपमा चिनिएको जिल्लामा संक्रमतिहरु कुनै समस्या बिना घर फर्कनु सुःखद भएको सुनाए । जिल्ला प्रशासनको तथ्यांक अनुसार शनिबारसम्ममा १ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये १ हजार ३ सय २२ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

सम्बन्धित खवर