प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै आक्रमण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै आक्रमण

साइनो समाचारदाता
विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं नेपाल सरकारका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार उनको कार्यकक्षमै आक्रमण भएको छ । भ्रष्टाचार विरोधी अभियन्ता एवं सरकारी कर्मचारीको छवि बनाएका सञ्जेलमाथि कार्यालयका सहयोगी कर्मचारीहरु नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने दुवै जना कार्यालयका करारका कर्मचारी हुन् । दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीको भनाइ छ ।

कुटपिटमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाउन घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । कुटपिटबाट सञ्जेलको निधार लगायत शरिरका विभिन्न भागमा चोट लागेको र ओठ फुटेर रगताम्य भएको प्रहरीले जनाएको छ । सञ्जेलले आफूहरुलाई काममा धेरै पेलेको, तनाव र दुःख दिने नियत राखेको, बारम्बार गालीगलौज गर्ने गरेका कारण कुटपिट गरेको उनीहरुले प्रहरीलाई बताएका छन् ।

कुटपिटमा संलग्न दुवै जना शनिबार बिहान १० बजेतिर कार्यालयमा आइपुगेका थिए । त्यतिबेलै आइपुगेका सञ्जेललाई उनकै कार्यकक्षमा चुक्कुल लगाएर आक्रमण गरिएको प्रहरीले जनाएको छ । सञ्जेल सबै सार्वजनिक विदाका दिन पनि कार्यालयमै आएर काम गर्ने गर्छन् । पत्येक दिन राति ८÷९ बजेसम्म उनी सधैं कार्यालयकै काममा व्यस्त हुन्छन् ।

घटनाका प्रत्यक्षदर्शी एवं स्थानीय व्यापारी रेवतीप्रसाद अधिकारीले घटना देखेपछि छुट्याउन गएको बताए । ढोकाको चुक्कुल लगाएर एकोहोरो आक्रमण गरेका कारण छुट्याउन नपुगेको भए अप्रिय घटना पनि हुन सक्ने अवस्था रहेको उनको भनाइ छ । छुट्याउन जानेहरुको शरीर र लगाएका कपडा सञ्जेलको अनुहार र ओठ फुटेर निस्किएको रगतले रगताम्य भएको अधिकारीको भनाइ छ ।कुटपिटमा संलग्नले सञ्जेलको कार्यकक्षमा रहेका सामान फ्यालिदिनुका साथै कागजपत्र पनि च्यातिदिएको प्रहरीले जनाएको छ । कुटाई खाएको बताए पनि सञ्जेलबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।

सरकारी कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीविरूद्ध संघर्षरत उपसचिव सञ्जेलललाई २०७५ असोज ११ गते उक्त कार्यालयको प्रमुखका रुपमा पठाइएको थियो । तर कर्मचारीका नेता र केही व्यापारीको दबाबमा ७० दिनमै उनको सरुवा सरकारले पुस ५ गते व्यावसायिक सीप तथा तालीम प्रतिष्ठानमा इटहरी ग¥यो ।

उपसचिव सञ्जेलले आफूलाई गैरकानूनी र अन्यायपूर्ण व्यवहार गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा २०७५ फागुन १७ गते रिट निवेदन दायर गरेका थिए । कार्यअवधि नपुगी अन्यायपूर्वक गरिएको सरूवाबारे सरकारले सुन्दै नसुनेपछि उनी सर्वोच्च पुगेका थिए । रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले निजामती कर्मचारी ऐनविपरीत सरुवा गरेको ठहर गर्दै सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

सरुवा कानुनसम्मत नदेखिएको सर्वोच्चको ठहर थियो । त्यसपछि उनी २०७५ फागुनमै श्रम तथा रोजगार कार्यालय विराटनगरमा हाजिर भएर काम थालेका थिए । भ्रष्टाचारविरुद्धमा निक्कै आक्रमण हुने उनी आफू भ्रष्टाचार नगर्ने र आफ्नो कार्यालयमा कार्यरत कोही पनि कर्मचारीलाई भ्रष्टाचार गर्न नदिने बताउँछन् ।

निक्कै खरो स्वभावका सञ्जेल कार्यालयमा हुने ढिलासुस्तीको पनि विरोधी हुन् । काममा झारा टार्ने, ढिलासुस्ती गर्ने, घुस खाने र सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह नगर्ने कर्मचारीलाई उनले तत्कालै जागिरबाट हटाउने गरेका छन् ।

सम्बन्धित खवर