साइनो समाचारदाता
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत एक जना कर्मचारीलाई कोरोना भाइरस संक्रमणका् पुष्टि भएको छ ।
ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । शुक्रबार ती पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।
















