साइनो समाचारदाता
काठमाडौं । नेपालमा वितेको २४ घण्टाभित्र थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९ हजार ७ सय ७१ पुगेको छ ।
देशभरका प्रयोगशालाबाट १० हजार ७ सय ८६ जनाको नमुना परिक्षण गरिएको थियो । विगत २४ घण्टामा १५१ जना निको भएसँगै अहिलेसम्म १४ हजार ३ सय ९९ जना रोगमुक्त भएका छन् । त्यस्तै वितेको २४ घण्टामा कोरोनाको कारण ४ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।
















