साइनो समाचारदाता
काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण एकैदिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षीय पुरुष, वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ का ३५ वर्षका पुरुष, वीरगञ्ज–२ का ६५ वर्षीय पुरुष र वीरगञ्ज ११ स्थायी घर भइ ललितपुरको थसिखेल ५ बस्ने एकजना महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
















