साइनो समाचारदाता
रौतहट । खोला तरेर भारत प्रवेश गर्न खोज्ने एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा गौर नगरपालिका वडा नं. २ घर भएका पंकज भारतीको कान्छो छोरा १६ वर्षीय कुनाल भारती रहेका छन् ।
उनको गौर २ महादेवपट्टीमा रहेको दशगजाको खोलामा डुबेर मृत्यु भएको हो । एक महिना नबित्दै उक्त खोलामा डुबेर हाल सम्म २ जनाको मृत्यु भइसकेको छ । जिल्ला सदरमुकाम गौर र आसपासका मानिस घरायसी प्रयोजनका सामग्री खरिद गर्न सिमा पारी भारतको बैरगनियामा जाने गर्दछन । उनी सामान खरिदकै लागि गइरहेको बेला आज डुबेर मृत्यु भएको स्थानीयहरुको भनाई रहेको छ ।
















