साइनो समाचारदाता
कैलाली । अविरल बर्षाका कारण कैलालीमा आएको बाढीले बेपत्ता बनाएको २ जनाको शब भेटिएकोे छ । बुधबार आएको अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव प्रहरीले फेला पारेको हो ।
बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने बर्ष ४० का ईश्वर शाहको शब शुक्रबार फेला परेको हो भने स्केल चौधरीको शब बिहिबार फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । शाहको शब बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरिक्षक प्रतिक बिस्टले जानकारी दिए । अझै भजनी नगरपालिका ८ का चक्र बिक भने अझै बेपत्ता नै रहेको र खोजी कार्य जारी रहेको उनले बताए ।
















