साइनो समाचारदाता
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी वरिष्ठ उपरिक्षक एसएसपी कुवेर कडायतले सम्हालेका छन् ।कडायत यसअघि सहप्रवक्ताको जिम्मेवारीमा थिए । निरज शाही अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि रिक्त ठाउँको जिम्मेवारी कडायतलाई दिइएको हो ।
एआईजीमा बढुवा भएका शाहीलाई मानव श्रोत विभाग र प्रधुम्न कार्कीलाई प्रहरी एकेडेमीको जिम्मेवारी दिइएको छ। कार्की र शाहीलाई बुधबार दिउँसो दर्ज्यान्ही चिन्ह प्रदान गरिएको थियो ।
















