साइनो समाचारदाता
काठमाडौँ । नेपालमा कोरोना सङक्रमितको सङख्या १९ हजार २ सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका २ सय १० जना संक्रमित थपिएसँगै संक्रमितको सङख्या १९ हजार २ सय ७३ पुगेको हो ।
त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४६ जना निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म १४ हजार २१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । हाल देशभर ५ हजार २ सय ३ सक्रिय संक्रमित छन्। त्यस्तै ४९ जनाले कोरोनापछि ज्यान गुमाएका छन् ।
















