साइनो समाचारदाता
झापा । झापामा एक हजार चार सय ७० किलो अवैध सुपारी प्रहरीले बरामद गरेको छ । झापाको मेचीनगर नगरपालिका–४, प्रसादगौंडामा लुकाएर राखेको अवस्थामा सोमबार बिहान साढे १ बजे सुपारी बरामद भएको हो ।
झापा प्रहरीका डीएसपी राकेश थापाका अनुसार नेपाल–भारत दशगजा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले ती सुपारी बरामद गरेको हो । बरामद सुपारीको अन्दाजी मूल्य साढे ४ लाख छ । बरामद सुपारीलाई सोमबारै मेची भन्सार कार्यालय, काँकरभिट्टा बुझाइएको थापाले बताए । सुपारी धनीलाई पनि प्रहरीले पक्राउ गरेको छैन ।
















