साइनो समाचारदाता
विराटनगर । प्रदेश नं १ मा आज २३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १९, झापामा दुई, पाँचथर र धनकुटामा एक/एक जनामा सङक्रमणको पुष्टि भएको हो ।
यसरी सङ्क्रमण देखिएकामा विराटनगरका ५ महिलासहित ७, रतुवामाईका १२, झापाको बाह्रदशीका २, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीका एक÷एक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यो संगै प्रदेश नं १ मा सङ्क्रमितको सङ्ख्या ९४५ पुगेको छ भने निको भै घर फर्कने ७४७ रहेका छन् । प्रदेशमा आज ५१८ को पिसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म ४० हजार १८ को पिसीआर परीक्षण सम्पन्न भैसकेको मन्त्रालयले जनाएको छ ।
















