साइनो समाचारदाता । दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ । शुक्रबार महाकाली नगरपालिका वडा नम्बर २ बडाली गाउँ नजिक सुख्खा पहिरो जाँदा नौगाड गाउँपालिका वडा नम्बर २ तल्लो सुण्डमुण्डका ६ वर्षीय जेनिस ठगुन्ना बेपता भएका थिए ।
घटनापछि उनको खोजी गरे पनि भेटाउन सकिएको थिएन । आइतबार साँझ पहिरो गएको स्थानबाट दुई किलोमिटर टाढा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए ।
















