साइनो समाचारदाता
धनगढी । कैलालीमा स्कुटरमा सवार एक युवतीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका १ बैनियामा ना ६ ख ३२४० नम्बरको ट्रकको ठक्करबाट लम्कीचुहा नगरपालिकाका ६ पिपरकोटिकी २५ वर्षीया सन्तोषी बोहोराको मृत्यु भएको हो ।
सोमबार बिहान बोहोरा सवार से ६ प ७१८१ नम्बरको स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको विरोधमा मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बौनियामा सडक अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । उनले ठक्कर दिने ट्रक र चालकलाई पनि नियन्त्रणमा लिइसकेको जानकारी दिए ।
















