साइनो समाचारदाता
सल्यान । अदालतबाट दोषी ठहर भइ फरार रहेका ७ जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सवारी ज्यान मुद्वाका टेक बहादुर गिरी, कर्तव्य ज्यान मुद्दाको शेर बहादुर बस्नेत, जबरजस्तीकरणी मुद्दाको हिरालाल भन्ने लालबहादुर शाह, सार्वजनिक मुद्वाको राम बहादुर बुढाथोकी, जारी मुद्दाको सुनिता बुढा, लुटपिट मुद्वाको होमबहादुर बुढा र सम्बन्धविच्छेद मुद्दाको रेखा बुढा रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि सल्यान जिल्ला अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
















