साइनो समाचारदाता
पथरी । वीपी कोइरालाको ३८ औं स्मृति दिवसको उपलक्ष्यमा कानेपोखरी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बनेका महासमिति सदस्य बसन्त भट्टराईले बेलगाम जथाभावी बोलेपछि कार्यक्रम सकिनासाथ कार्यकर्ताले घेरेका छन् ।
प्रमुख अतिथि समेत रहनु भएका भट्टराईले सांसदहरूले उपभोक्ता समितिलाई कमिसनमा बजेट बेच्ने गरेको आरोप लगाउनु भयो । “मैले सुनेको छु। हाम्रा सांसदहरूले आफ्नो बजेट उपभोक्ता समितिलाई कमिसनमा बजेट बेच्छन् अरे।यो के हो? यसको खोजी हुनुपर्छ।”(भट्टराईले भन्नुभयो । उहाँले सांसदहरूलाई आफुलाई ठूलो सम्झिने र अरुभन्दा भिन्दै हु भन्ने अहम् नपाल्न घुमाउरो पाराले चेतावनी दिदै “सांसद हुँदैमा ठूलो भए भन्ने नसम्झिनु।कांग्रेस के हो, मैले पनि भोगेको छु भन्नुभयो ।
अर्ती र आदेशको अवतारमा देखिनु भएका भट्टराईले पार्टीमा कसैलाई विभेद र निषेध नगरिएको जिकिर पनि गर्नुभयो । यसअघि प्रदेश सांसद एवम् नेका सचेतक राईले आफ्नो मन्तव्यमा नेपाली कांग्रेसभित्र चरम गुटबन्दी भएको र निषेधको राजनीति बढेको भन्दै वीपीले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई सबैको साझा बनाउन सक्नुभएकोले नै राणा र राजालाई घुँडा टेकाउन सकेको बताउनु भएको थियो ।राईले मन्तव्यको क्रममा कांग्रेसका अग्रणी कार्यकर्तालाई विभेद र निषेध गर्ने गरिएको यथेष्ट उदाहरण हाम्रै क्षेत्र र गाउँपालिकामा देखिएको बताउनु भयो ।
औपचारिक कार्यक्रमको सूचनासमेत जिम्मेवार कार्यकर्तालाई दिइदैंन।ठूलो गुनासो आएको छ।”( उहाँले भन्नुभयो “यस बीचमा मलाई धेरैवटा कार्यक्रममा देख्नुभएन।सोच्नु भो होला सांसद ठूलो भएर आएन।तर त्यसो होइन, मलाई नि निषेध गरियो त्यसैले आउन पाइन।” कांग्रेस विचारले बनेको पार्टी हो ।यो पार्टी विभिन्न जाति , धर्म , समुदाय ,लिंग र वर्गको भावनात्मक गठजोडको सग्लो रुप हो” – राईको कथन थियोे (“पार्टी क्लबजस्तो हुनुहुदैन।अहिले यस्तो प्रवृत्ति हावी हुँदै गएकोले संगठन कमजोर भएको छ।”लामो समयपछि औपचारिक समारोहमा भाग लिएका सांसद राईले बोलिरहदा भट्टराईले पछाडिबाट मन्तव्य छिटो सक्न करकर गर्नु भएको थियोे ।
राईले बोल्न थालेदेखि नै झिंजोपन देखाउनु भएका भट्टराईले करकर गरेपनि राईले आफ्नो कुरा राखिरहनु भयो ।राईले पार्टीलाई विचारबाट परिचालन गर्नुपर्ने बताउँदै पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ भए मात्र संगठन विस्तार गर्न सकिने उल्लेख गर्नुभयो ।वीपीलाई सम्झिनका लागि मात्रै सम्झिने परिपाटीको विकास भएको तर उहाँको विचारलाई कांग्रेसले छोड्दै गएकोप्रति राईको चिन्ता थियोे। राईको कुरालाई खण्डन गर्ने शैलीमा प्रस्तुत भएका भट्टराईले आक्रोशित भावमा आफ्ना कुरा राख्नु भएको थियोे । त्यसरी बोल्ने क्रममा भट्टराईले सांसदहरूलाई आरोप लगाउन भ्याएका थिए।सार्वजनिक कार्यक्रममा नै त्यसरी प्रस्तुत भएका भट्टराईको कुरा सुनेर कार्यकर्ताहरु भने अवाक भएर मुख हेराहेरको अवस्थामा पुगेका थिए।
कार्यक्रम समापन भएपछि बाटो लागेका भट्टराईलाई कार्यकर्ताहरुले घेर्न पुगिहाले।वडादेखि केन्द्रसम्म कम्युनिस्टको नांगो भ्रष्टाचार छ त्यसबारेमा एक शब्द नबोल्ने अनि आफ्नै सांसदहरुको बारेमा विना तथ्यप्रमाण मानमर्दन गर्ने? जथाभावी बोल्ने? भन्दै कार्यकर्ताहरुले के कति आधारमा बोल्नुभएको हो? स्पष्ट पार्न दबाब दिएका थिए ।प्रतिउत्तरमाभट्टराईले आफूले प्रमाणको आधारमा नबोलेको बताउनु भयो ।तीन दशकमा बल्ल कांग्रेसले कम्युनिस्टको गढमा दुईजना सांसद पाएको र विकास निर्माणको कार्यक्रमसंग जोडिन पाएको बेला उल्टै तपाईंजस्तो मान्छेले जेपायो त्यही बोल्ने भनेर कार्यकर्ताले ¥याख¥याख्ती पारेपछि भट्टराई अक्क न बक्क हुनु भएको थियो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार आयोजक कानेपोखरी गाउँ समितिले खानेपानी कार्यालय परिसरमा वृक्षारोपण गर्ने र कार्यक्रम सक्ने तयारी थियो । तर, एकाएक कार्यक्रममा छोटो मन्तब्य राख्ने कार्यक्रम तय भएपछि भाषण सुरु भएको थियोे । कार्यक्रममा महासमिति सदस्य एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य केशव निरौला, महासमिति सदस्य जयराज संयोकले बीपीको बिचार र आदर्शका विषयमा प्रकाश पार्नुभयो । नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्य समितिका सभापति योगेन्द्र दाहालको सभापतित्वमा भएको कार्यक्रममा सन्तोष फुयलले स्वागत भाषण गर्नु भएको थियो ।
















