साझा पार्टी सडकमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

साझा पार्टी सडकमा

साइनो समाचारदाता
काठमाडौं । सर्वोच्च अदालतका पछिल्ला फैसलामाथि प्रश्न उठाउँदै साझा पार्टीले राजधानीमा शनिबार प्रदर्शन गरेको छ । न्यायपालिकाको समग्र सुधारका माग गर्दै पार्टीले ललितपुरको बखुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयबाट माइतीघर मण्डलसम्म ‘साझा तराजु यात्रा’ गरेको हो ।

हालै सर्वोच्च अदालतले रञ्जन कोइरालाको मुद्धामाथि गरेको फैसलाले देशको संवैधानिक प्रतिष्ठा, कानुनी राज्यको सिद्धान्तमाथि प्रश्न चिन्ह खडा भएको साझा पार्टीको भनाइ छ । त्यस्तै प्रधानन्यायाधीशको प्रत्यक्ष संलग्नतामै पत्नी हत्याको जघन्य अपराधमा संलग्न कोइरालालाई सजाय कटौती गरेर न्यायालयमाथि नै प्रश्न चिन्ह खडा भएको साझा पार्टीको ठहर छ । दोषीलाई हदैसम्मको सजाय दिनुपर्नेमा कानुनको अपब्याख्या गरी सजायबाट उन्मुक्ति दिने कदमले जनता न्याय खोज्न कहाँ जाने भन्ने प्रश्न उत्पन्न भएको पनि सो पार्टीको भनाइ छ ।

सहभागीहरु ‘गैरन्यायिक फैसला चाहिँदैन, दोषीलाई उम्काउन पाइँदैन, गैरन्यायिक फैसला खारेज गर, घुखोर, कमिसनखोर र बिचौलियालाई जेल हालौ’ लगायतका नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । यस्तै न्यायको तराजु समेत प्रदर्शनकारीहरुले बोकेका थिए भने तराजु सन्तुलनको अवस्थामा नरहेको आशय व्यक्त गरेका थिए ।

सम्बन्धित खवर