साइनो समाचारदाता
कैलाली । सेतीप्रादेशिक अस्पताल धनगढी प्रयोगशालाबाट गरिएको परिक्षणबाट थप १ जनामा कोभिड १९ को संक्रमणको पुष्टि भएको छ । शनिबार गरिएको परिक्षणबाट १ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
कंचनपुर १३ भिमदत्तनगरका १७ बर्षिया १ परुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेस्ठले जानकारी दिए । त्यसैगरी हालसम्म १५५२० जनामा कोभिड १९ को यस अस्पतालबाट जाच गरिएको र १४३२१ जनामा नेगेटिभ रिजल्ट आएको उनले बताए । २४ घण्टा भित्र ३६० जनामा जाच भएकोृ छ । हालसम्म कैलाली जिल्लामा मात्रै १११९ जना कोरोना पोजेटिभ फेला परेको श्रेस्ठको भनाई छ । हालसम्म उपचार गरेको शंकास्पद संक्रमित १७३ जना रहेको र सो मध्येबाट ७८ जना निको भई घर गइसकेको उनले बताए ।
रातोपाटीबाट
















