साइनो समाचारदाता
विराटनगर । शनिबार बिहान मोरङको कटहरी गाउँपालिका–१ स्थितभित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
साइकलमा यात्रा गरिरहेका जहदा गाउँपालिका–५ का ५० वर्षीय विलट राजभरवको इँटा लोड गरेको ट्रयाक्टरले ठक्कर दिँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । ठक्कर दिने को २ त १३७६ नम्बरको ट्रयाक्टर एसीसी इँटा भट्टाको रहेको प्रहरीले जनाएको छ । ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक फरार रहेका कारण खोजी भइरहेको डीएसपी थापाले बताए ।
















