कोरोनाका कारण वीरगन्जमा थप १ जनाको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कोरोनाका कारण वीरगन्जमा थप १ जनाको मृत्यु

साइनो समाचारदाता
पर्सा । वीरगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगर ११ श्रीपुरकी ८५ वर्षीया महिलाको कोरोनाको कारण आज मृत्यु भएको हो । वीरगन्जको गण्डक अस्थायी कोबिड अस्पतालको आइशोलेनशमा भर्ना भएर उपचार गराइरहेकी ८५ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्य भएको हो ।

मुटुरोगी ती बृद्धाको स्वास्थ्यमा समस्या देखिएपछि ५ दिन पहिले वीरगञ्जकै एडभान्स हस्पिटलमा भर्ना गरिएको थियो । एडभान्स हस्पिटलमा उपचारका क्रममा कोरोनाको लक्षण देखिएपछि गत मङगलवार उनको स्वाब संकलन गरि परीक्षण गर्दा बुधबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई संक्रमण पुष्टि भएपछि बिहिबार कोभिड अस्पतालमा ल्याइएकोमा आइशोलेशनमै उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।

संक्रमित बृद्धाको मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको नेपाली सेनाको चन्डीप्रसाद गणका कर्णेल मदनजङ्ग राणाले जानकारी दिएका छन् । शव व्यवस्थापन कहाँ लगेर गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी उनले दिए ।

सम्बन्धित खवर