प्रदेश १ मा डिजिटल माध्यमबाट अनुगमन हुने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रदेश १ मा डिजिटल माध्यमबाट अनुगमन हुने

साइनो समाचारदाता
विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश १ सरकार मातहत रहेका कार्यालय र मन्त्रालयको कामको अनुगमनका लागि ‘चिफ मिनिस्टर ड्यास बोर्ड’ सञ्चालनमा ल्याएको छ । शुक्रबार ड्यास बोर्डको सुभारम्भ गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अनुगमनका लागि डिजिटल माध्ययम तयार भएको बताए ।

स्वीस सरकारको सहयोगमा निर्माण गरेको ड्यासबोर्डबाट प्रदेश सरकार मातहतका मन्त्रालय र अन्य विषयगत कार्यालयको कार्य प्रगति विवरण समावेश गरिनेछ । जवाफदेहिता र सुशासनको प्रत्याभूति दिने गरी ड्यासबोर्ड सञ्चालनमा ल्याइएको मुख्यमन्त्री शेरधन राईले बताए । डिजिटल माध्ययमबाट कार्यलयमा बसेर सबै मन्त्रालयको अनुगमन गर्न सकिने उनले बताए । ड्यासबोर्डबाट मातहतका कार्यालयले गरेको कामको मूल्याङकन गरेर नियमित प्रगति विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने मुख्यमन्त्री राईले बताए ।

पहिलो चरणमा प्रदेश सरकार मातहत कार्यालयलाई जोडेको बताउँदै उनले प्रदेशका १३७ वटै स्थानीय तहलाई ड्यासबोर्डमा जोड्ने उनले बताए । मन्त्रालयहरूको कार्य प्रगतिको अवस्था छुट्याउन हरियो, निलो, पहेँलो र रातो रंगले संकेत गरिएको छ । हरियो रंगले राम्रो र रातो रंगले कमजोर विवरणको संकेत गर्नेछ । निलोले मध्यम, पहेँलोले सामान्य प्रगति रहेको विवरण दिनेछ ।

सम्बन्धित खवर