साइनो समाचारदाता
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित एक जंगलमा युवतीको शव फेला परेको छ । शुक्रबार वीरेन्द्रनगर–१२ नेवारे नजिकको सामुदायिक वनमा ति युवतीको शव फेला परेको हो ।
२९ वर्षीया युवतीको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।युवतीको शव फेला परेकोबारे आफन्तलाई जानकारी गराइएको उनले बताए । ‘शव फेला परेको बारेमा आफन्तलाई जानकारी भएको छ, उहाँहरू आउँदै हुनुहुन्छ,’ उनले भने, ‘अनुसन्धान हुँदैछ।’
















