अपांगता भएकी बालिकालाई बलात्कार गर्ने वृद्ध पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

अपांगता भएकी बालिकालाई बलात्कार गर्ने वृद्ध पक्राउ

साइनो समाचारदाता
विराटनगर । प्रहरीले मोरङको केराबारी गाउँपालिका–५ का एक वृद्धलाई बालिका बलात्कारको आरोपमा पक्राउ गरेको छ । अपांगात भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बिहीबार राति उनलाई पक्राउ गरेको हो । प्रहरीले कारबाही अघि बढाउन आवश्यक अनुसन्धानका लागि ६३ वर्षीय रामकुमार लिम्बूलाई राति १० बजे नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याइएको हो । बलात्कार गर्दै गरेको देख्ने प्रत्यदर्शीले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएपछि वृद्ध पक्राउ परेका हुन् ।

लिम्बूले बिहीबार दिउँसो ४ बजेतिर शारीरिक रुपमा अपांगाता रहेकी बालिकामाथि जबरजस्ती गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । ललाईफकाई खेतमा लगेपछि १० रुपैयाँ पैसा दिएर बालिकामाथि बलात्कार गरेको खुलेको छ । प्रहरीकाअनुसार शारीरिक रुपमा अपांगता रहेकी बालिकाको शरीरको एक पाटो राम्ररी चल्दैन । बोली पनि प्रष्ट छैन । एउटा खुट्टाको सहाराले मात्रै यताउता हिँडडुल गर्न सक्छिन् ।

बलात्कारमा संलग्न लिम्बूलाई कानुनी कारबाहीको माग गर्दै बालिकाका अभिभावकले शुक्रबार किटानी जाहेरी दिएका छन् । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुुसन्धान अघि बढाइने एसपी खड्काको भनाइ छ ।

सम्बन्धित खवर